Paschim Express
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सोमबार साँझ दुर्घटना भएको हो ।

बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर-५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडीसवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update