Paschim Express
डडेल्धुरामा कराते रेफ्री सेमिनार सम्पन्न

डडेल्धुरा । डडेल्धुरामा कराते रेफ्री सेमिनार सम्पन्न  भएको छ । जिल्ला कराते महासंघको आयोजनामा दुईदिने जिल्लास्तरीय कराते रेफ्री सेमिनार सम्पन्न भएको हो ।

दुई दिने सेमिनारमा प्रशिक्षणका लागि नेपाल कराते महासंघको केन्द्रीय रेफ्री कमिसनका सदस्य अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्द आएका थिए ।

सेमिनारमा डडेल्धुरा जिल्ला भित्रका २० जना महिला तथा पुरुष कराते प्रशिक्षकहरु सहभागी भएका थिए ।

समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद सरस्वती खड्का,  जिल्ला खेलकुद विकास समिति अध्यक्ष रन्जित थापा, खेलकुद समितिका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारी, डडेल्धुरा जिल्ला सितोरियो कराते संघका अध्यक्ष डम्बरसिंह डाँगी, डडेल्धुरा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गेहेन्द्र ठकुराठी, डडेल्धुरा जिल्ला कबड्डी संघका अध्यक्ष करन साउद, राष्ट्रिय खेलकुद परिषदबाट आयोजित राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका लागि प्रथम स्वर्ण पदक जित्ने खेलाडीमध्ये एक दिपेन्द्रबहादुर देउवा लगायत खेलकुदसँग सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update