Paschim Express
डडेल्धुरामा बजार जान्छु भनेर हिंडेका युवक मृत भेटिए

डडेल्धुरा । डडेल्धुरामा एक युवकको शव फेला परेको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका-९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन् ।

उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिंडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए । 'प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । थप अनुसन्धान भइरहेको छ' उनले भने ।

मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update