Paschim Express
डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना, ३ जना घाइते

डडेल्धुरा । डडेल्धुराको आइतबजार नजिक जीप दुर्घटना भएको छ ।

जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

जीप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update