Paschim Express
डडेल्धुरा जीप दुर्घटना अपडेट: घाइते ओलीको मृत्यु, दुईजनाको उपचार हुँदै

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटनामा परि घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अमरगढी नगरपालिका-८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका- ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा- ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जीप आइत बजार नजिक दुर्घटना भएको थियो ।

दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update