Paschim Express
सुदूरपश्चिममा भित्रियो कोभिड, २ जनामा संक्रमण

धनगढी । सुदूरपश्चिममा फेरि कोभिडको संक्रमण देखिएको छ। बुधबार र मंगलबार एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका एक अधिकारी मीन धामीले आज चेन्नईबाट फर्किएका धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय युवक र पुनर्वास नगरपालिका-५ की ३२ वर्षीया महिलामा हिजो संक्रमण देखिएको बताए । ती महिला भारतको बैङ्लोरबाट फर्किएकी हिजो फर्किएकी थिइन् ।

अहिले उनीहरु दुबैजना होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update