Paschim Express
बझाङमा जीप दुर्घटना हुँदा चालक घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बुंगल नगरपालिका-२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा जीप दुर्घटना भएको हो ।

बुंगल नगरपालिका-१ गोइचन बस्ने हर्क बहादुर बोहराले चलाएको से१ज७९४ नम्बरको जीप गरी ब्याक गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाइते भएका हुन् ।

चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइते बोहराको अवस्था मध्यम रहेको छ। आज बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update