Paschim Express
कैलालीमा कस्तुरीको बिनासहित एकजना पक्राउ

डडेल्धुरा । कैलालीमा कस्तुरीको बिनासहित एकजना पक्राउ परेका छन् । संरक्षित बन्यजन्तु कस्तुरीको दुई थान बिनासहित चुरे गाउँपालिका वडा नम्बर १ पाखिर बस्ने ४५ वर्षीय दानबहादुर बिकलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको सहजपुरबाट बिकलाई पक्राउ गरेको हो ।

पछिल्लो समय नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली लागूऔषध कारोबारी तथा अखेटोपहारमा ओसारपसार र बेचबिखन गर्ने व्यक्तिमाथि निगरानी गर्दै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update