Paschim Express
डडेल्धुराका यी पालिकाले पाउने भए अनुदान

डडेल्धुरा । स्थानीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधिअनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनोट गरेको छ । 

मन्त्रालयले कार्यविधिअनुसार देशभरका ४ सय ६२ स्थानीय तहहरु नवप्रर्वतन कार्यविधि अनुसारका योजना संचालन गरेबापत पाउने ससर्त अनुदानका लागि योग्य भएको भन्दै सूची सार्वजनिक गरेको छ । 
मन्त्रालयले डडेल्धुराका चार पालिकालाई अनुदानका लागि छनोट गरेको छ । जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका, र नवदुर्गा गाउँपालिकालाई अनुदानका लागि छनोट गगरिएको हो । यस्तै सुदूरपश्चिमका भने ५८ पालिकाकाले सो अनुदान पाउने भएका छन् । 
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविध बमोजिम मूल्यांकन गरेको, गत आथिक वर्षमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा भाग लिइ तोकिएको समयमा स्वमूल्यांकन गरेका स्थानीय तहलाई शसर्त अनुदान पाउन योग्यका रुपमा सुचीकरण गरेको जनाएको छ । 

त्यसैगरी गत आर्थिक वर्षमा तोकिएको समयमै बजेट ल्याएका र पछिल्लो आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार ५ प्रतिशतभन्दा बढी बेरुजु नभएका स्थानीय तहले मात्र नवप्रवर्तनमा आधारित कार्यक्रम संचालनका लागि शसर्त अनुदानको रकम पाउने भएका हुन् । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update