बरुण पनेरु
तराईबाट पहाड उक्लीदै गर्दा सडकका घुम्तीहरुसँगै त्यहाँबाट देखि मनमोहक दृश्य देख्दा जो कोहीलाई पनि लाग्छ युरोपको कुनै सुन्दर भुमिका छु कि । सायद यही दृश्य देखेर देखेर खोला सन् १९९० तिर अमेरिकी डाक्टर सिमनले सुदूरको एक सुन्दर दुगर्म ठाउँमा अस्पताल खोल्ने निधो गरे । काठमाण्डौंबाट नेपालगञ्ज हुदै भारतीय बाटो भएर डडेल्धुरा पुगेका डाक्टर अहिले पनि यहाँको सुन्दरता र चुनौताको पटक पटक चर्चा गर्छन्
२०४५ साल तिर डोटीको सडक खनिदाँ यहाँका जनताले अब बिकासको ढोका खोलिन्छ भन्ने आशा लिए । सायद यही सडकबाट सुदूरपश्चिमका अन्य सडकको शुरुवाती भयो । बिकासको सिद्धान्त अनुसार अनुसार पनि क्रमबद्ध हुने प्रगतीलाई सुदूरपश्चिमका पहाडी जिल्लाले पनि पच्छ्याउँदै गयो । अहिले आएर सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाम सडक पुगिसकेको छ ।
केन्द्रबाट हेपिएको महसुस गदैं गर्दा अब सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका आत्मनिर्भर बन्न तर्फ अग्रसर भईरहेका छन् । बस्ती बस्ती, गाउँ गाउँ सडक संजालले छोईसकेको छ । स्थानीय निकायको पहिलो प्राथमिकतामा परेको सडक बिकास अहिले बस्ती बस्ती भ्याईसकेको छ । सुदूरपश्चिमको डडेल्धुरामा सबैभन्दा बढी हरियो बन भएको जिल्लामा दोस्रो स्थानमा पर्छ ।
जलस्रोत, जडीबुटी, पर्यटन पुर्वाधारमा पर्याप्त सम्भवाना रहेको सुदूरपश्चिमको क्षेत्रको बिकास गर्न सके बिकासमा कोशेढुङ्गा साबित हुने छ । पहाडमा धेरै सम्भावना धेरै छन् । तर त्यसका चुनौतीहरु पनि त्यतिकै देखिएका छन् । सडक बिकास होस् या जलबिद्युत बिकास होस् या पहाडी हिरा जडीबुटी होस् यी सबैको प्रचुर सम्भावनासँगै प्रगतीको चुनौती पनि थुप्रै छन् ।
जडिबुटीको उपयोग
सुदूरपश्चिमका पहाडी ७ जिल्लामा जडिबुटीको पर्याप्त सम्भावना छ । सुदूरपश्चिमका पहाडी सबै जडिबुटी संकलन हुने गरेको छ । यार्सा देखि काफलको बोक्रा सम्म पहाडी जिल्लमा ठुलो मात्रामा निर्यात हुने गरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट मात्रै विभिन्न जडिबुटी ६ लाख ५० हजार टन संकलन प्रति बर्ष संकलन हुने गरेको छ । सबै भन्दा बढी दार्चुला र बझाङको हिमाली क्षेत्रमा बहुमूल्य जडिबुटी यार्चा गुन्बु संकलन हुने गरेको छ । रिठा, अमला, तेजपात, दालचिनीका बोक्रा, पखानवेद, लोक्ता, जटामसी, कुट्की, कुरिलो, चुत्रोलगायत जडिबुटी संकलन गरेर सुदूरपश्चिमबाहिर निर्यात हुने गरेका छन् । सुदूरपश्चिममा जडिबुटी प्रशोधन केन्द्र नभएकाले नेपालगन्ज र धनगढी नाका भएर जडिबुटी भारततिर निकासी हुने गरेको छ । सुदूरपश्चिममा जडिबुटीको सम्भावना प्रचुर छ । जडिबुटीखेती र उत्पादनका लागि सुदूरपश्चिमका पहाडी जिल्लाको हावापानी उपयुक्त मानिन्छ । सुदूरपश्चिमको १९ हजार ५३९ वर्ग किलोमिटर क्षेत्रफलको झण्डै आधा भाग वन क्षेत्रले ओगटेको छ । जडिबुटी प्रशोधन गरेर त्यसबाट वस्तु उत्पादन गर्ने उद्योग नभएकाले कच्चा पदार्थ निर्यात गर्नुपर्ने अवस्था छ । सुदूरपश्चिममै जडीबुटी प्रशोधन उद्योग स्थापना गरेर काम गर्ने सके धेरै बिकास हुने थियो । जडीबुटीका बन्न सक्ने साबुन, तेल र औषधी लगायतका बस्तुको कच्चा पर्दाथ यही उत्पादन गर्न सकिन्छ ।
जलस्रोतबाट विद्युत
सुदूरपश्चिममा रहेका सम्भाव्यता अध्ययन भइसकेका आयोजनाबाट २० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन्छ । ७ नम्बर प्रदेश जलस्रोतमा समेत धनी छ । महाकाली, सेती र कर्णाली नदी सुदूरपश्चिममै छन् ।
दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट, महाकाली नदीको टनकपुरबाट १२० मेगावाट, कर्णाली–चिसापानीबाट १० हजार ८ सय मेगावाट, पञ्चेश्वर आयोजनाबाट ६ हजार ४ सय मेगावाट, पश्चिम सेतीबाट ७ सय ५० मेगावाट, माथिल्लो कर्णालीबाट ३ सय मेगावाट विद्युत् उत्पादन हुने विभिन्न अध्ययनले देखाएका छन् ।
जलविद्युत्मा थुप्र्रै सम्भावना भए पनि हालसम्म त्यसको उपयोग हुन सकेको छैन । दार्चुलामा निर्माणाधीन चमेलिया आयोजना लम्बिँदै गएको छ भने पश्चिमसेती र पञ्चेश्वर आयोजनाको निर्माण प्रक्रिया विवादमा पर्ने गरेको छ । ७ नम्बर प्रदेशमा रहेका साना र मझौला खालका आयोजनाले विद्युत्को आन्तरिक मागलाई पूर्ति गर्न सहयोग पु¥याउन सक्छन् । उचित संरक्षण र त्यसको उपयोग गर्न सके ७ नम्बर प्रदेशले जलस्रोतबाट पर्याप्त लाभ लिन सक्छ ।
सुदूरपश्चिममा जलविद्युत् उत्पादन क्षमता निर्धारण भइसकेका नदीहरूमा दार्चुलाको चमेलिया (निर्माणाधीन ३० मेगावाट), पञ्चेश्वर (६,४८० मेगावाट), टनकपुर व्यारेज (१२० मेगावाट), बझाङको सेती–१ (३५ मेगावाट), सेती–२ (७५ मेगावाट), डोटीको पश्चिम सेती (७५० मेगावाट), अछामको बूढीगंगा (२० मेगावाट), सेती र बूढीगंगाको संगम अछामको चाइरवा नजिक (६०० मेगावाट), अछामको अपर कर्णाली (३०० मेगावाट), अछाम–सुर्खेत सीमाको मध्यकर्णाली (१६० मेगावाट) र चिसापानी–कर्णाली (१०,८०० मेगावाट) हुन् । तर, ३० मेगावाटको चमेलिया नै सुदूरपश्चिममा शुरू भएको एक मात्र जलविद्युत् आयोजना हो ।
पर्यटन बिकास
७ पहाडी जिल्लामा पर्यटनको प्रचुर सम्भवाना छन । स्वर्गको भुमिकै रुपमा चिनिने खप्तड, शक्तिशाली सातबाट देवीका मन्दिर यहाँ छन् । धार्मिक पर्यटनसँगै यस थप बिकास गर्न सके सात नम्बर प्रदेशलाई पर्यटन बिकास अग्रेणी बनाउन सकिन्छ ।
कैलालीको धनगढी बजार देखी उत्तर तर्फ १३३ किलोमिटर वर्ग दुरीमा अवस्थित छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा रहेका प्रशिद्ध पर्यटकीय तथा धार्मिक स्थलहरु घुम्ने मौसल अहिले नै हो । ऐतिहासिक, पुरातात्विक, एवं धार्मिक दृष्णिकोणले महत्वपुर्ण पर्यटकीयस्थलहरु प्रयाप्त रहेका छन ।
डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्ला सर्वसधारणका लागि खुला गरिएपछि पर्यटनका लागि महत्वपुर्ण स्थलका रुपमा परिचित हुन थालेको छ झण्डै २१०० मिटर उचाईमा रहेको यस ऐतिहासिक किल्लाको निमार्णकार्य वि.स.१८४७ भएको थियो । परशुराम धाम, बेताल, डागेश्वरी मन्दिर, लटागन्याप, सहश्रलिङ्ग, भागेश्वर मन्दिर लगायतका क्षेत्रहरु धार्मिक पर्यटनका लागि प्रयाप्त सम्भावनाका क्षेत्रहरु हुन ।
यसैगरी डडेल्धुराको उग्रतारा मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, अछाम बैजनाथ मन्दिर, बाजुराको बढी मालिका, बैतडीको त्रिपुरासुन्दरी , निङ्गलाशैनी र दार्चुलाको मालिकाञ्र्जुनको पर्यटन बिकास गर्न सके सुदूरपश्चिमका धार्मिक तथा ऐतिहासिक क्षेत्रका लागि पर्यटक ओईर्याउन सकिन्छ ।