Paschim Express
डडेल्धुराका जोशी होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा विजयी

डडेल्धुरा । होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा रमेशप्रसाद जोशी चयन भएका छन् । डडेल्धुराको होटल मेघा क्लासिकका संचालक जोशी कंचनपुरका परमानन्द भण्डारीलाई पराजित गर्दै अध्यक्षमा चयन भएका हुन् । जोशीली २४ मत पाए भने भण्डारीले १७ मत पाए ।
यस्तै डडेल्धुरामा आज भएको महासंघको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह सर्वसम्मत चयन भएका छन् । 
यस्तै सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पुजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भिम देउवा, दिपकबहादुर रावर र नरेन्द्रबहादुर चन्द चयन भएका छन् ।
यसअघि महासघका निवर्तमान अध्यक्ष दिपकबहादुर खड्काको अध्यक्षता र प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशनको  उद्घाटन सत्र समापन भएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update