Paschim Express
सुदूरपश्चिममा पहिलोपटक पारलैंगिक विवाह दर्ता

धनगढी । सुदूरपश्चिममा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ। कैलालीको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो ।

विवाह गरेको ४ वर्षपछि उनीहरुको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको हो। यहि पुुस ६ गते मात्रै उनीहरुको विवाह दर्ता भएको हो। पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन ।

शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलोपटक पारलैंगिक विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले बताइन्। समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको समाजका अध्यक्ष गुरुङले बताइन् ।

पहिलोपटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मनिलाले खुुशी व्यक्त गरेकी छन् । उनले आफूूलाई विवाह दर्तामा समस्या देखिएको बताउदैँ अव भने कसैलाई समस्या नहोस भनेर भनेकी छन् ।


प्रकाश चौधरीले पनि आफूहरूले ठुलो समस्या झेल्दै ४ वर्षपछि मात्रै यो उपलव्धी पाएको बताएका छन् ।

उनले समाजमा सबैले आफूलाई चिन्ने गरेको भएपनि कानुनी रुपमा चिनाउन र विवाह दर्ता सम्मको प्रक्रियामा भने समस्या झेल्नुु परेको सुनाए ।

विवाह दर्ता भएपछि बच्चाको पनि चाहना भएको बताउदैँ उनीहरूले समलिङ्गी विवाहपछि अब धर्म सन्तान पनि राख्न पाउनुपर्ने बताएका छन् ।

यसअघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो। त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update