Paschim Express
धनगढीबाट एकैदिन हराए २ बालक

धनगढी ।  कैलालीमा एकै दिन दुई बालक बेपत्ता भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय बिप्लप बम बेपत्ता भएका छन्।

हिजो (शुक्रवार) दुवैजना बेपत्ता भएका हुन। उनीहरुका आफन्तहरुले खोजतलासका लागि  जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएको प्रहरीले जनाएको छ। 

दुवैजना ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत हुन्।

उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको  १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update