Paschim Express
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि झुलाघाटमा उच्च सतर्कता

बैतडी। भारतमा कोरोनाको नयाँ भेरियन्ट भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका उच्च सतर्कता अपनाइएको छ ।

सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

भारतबाट फर्कने लक्षण देखिएका नागरिकको एन्टीजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको उनले बताए ।

रुघाखोकी लागेका तथा अन्य लक्षण देखिएकाहरुको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update