Paschim Express
पिएम कप क्रिकेट सुदूरपश्चिम  छनौट : बझाङ ७ विकेटले विजयी, दार्चुला बाहिरियो 

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बझाङले विजयी शुरूवात गरेको छ।

मंगलबार सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित  गर्यो।  जितका लागि पाएको ९१ रनको झिनो लक्ष्य बझाङले १५।२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जसमा  अभिनाश मल्लले ४४ रनको योगदान गरे। उनी म्यान अफ द म्याच समेत चुनिए । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट हात पारे।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ  गरेको दार्चुला १७।५ ओभरमा ९० रनमा समेटियो । उसका विपिन धामीले सर्वाधिक २८ रन बनाए। बझाङका सुशील रावल र अशोक धामीले ३र३ विकेट लिए। 
पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ। दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट घर फर्किएको छ। 

प्रतियोगिता अन्तरगत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन्।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो। 

प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।  पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दोस्रो चरणमा  कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्। 

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।  गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले  सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। 

प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए।

ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा  पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।
खेलाडीहरूको क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update