Paschim Express
डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कार्ड वितरण थालेको हो ।

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए । उनले गन्यापधुरा गाउँपालिका– २ का रामप्रसाद जोशीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेको जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल ७ हजार ३३७ परिचयपत्र पुगेका हुन् । तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update