Paschim Express
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुराद्वारा डोटी पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीलाई पराजित गरेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गरेको हो । 

जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । जसमा विशाल ऐर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे । 

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्तो पाएको डोटी १९ दशमलव ४ ओभरमा ६९ रनमा समेटियो । उसका कप्तान भोजराज भट्ट र पारस महतले १५/१५ रन बनाए । डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे । सुरज खेलका म्यान अफ द म्याच चुनिए । 
दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना छ । भोलि हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टिमको टुंगो लाग्नेछ । बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी, डडेल्धुरा र बझाङको नेट रनरेटका आधारमा  क्वालिफायरको टुंगो लाग्नेछ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update