Paschim Express
बालकुमारीमा प्रहरीसँग भएकाे झडपमा परि अछामका शाहसहित २ जनाको मृत्यु 

ललितपुर । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका २३ वर्षीय वीरेन्द्र साह  र दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। 

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए। झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो। 

ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update