Paschim Express
सुदूरपश्चिमका खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु, १३ घाइते

डडेल्धुरा । मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको सुदूरपश्चिमको टोली सवार गाडी दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोर खोलामा शनिबार राति १ बजे खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो । हेटौडाबाट धनगढी जाँदै गरेको सुप ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताए । 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ वर्षकी उसु खेलाडी निता खड्का रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते हुनुभएको छ । घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । 

घाइते हुनेमा उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहा मगर, अभि महतो, हरिचन्द्र कार्की, दीपक चौधरी, ज्ञानु विक र निर्णायक खुसीराम थारु, राजीव गुप्ता, एलिसा खाती रहेको सुदूर पश्चिम प्रदेश खेलकुद परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update