Paschim Express
भागेश्वर माबिमा ठुलो धन राशीको भलिबल प्रतियोगिता हुने 

डडेल्धुरा : परशुराम नगरपालिका–४ कटालमा रहेको भागेश्वर माध्यमिक विद्यालय कटालले ठुलो धनराशीकाे खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बिद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा १ लाख ५१ हजार १ सय ११ रुपैया धनराशी राखिएको खुला पुरुष भलिब प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यसै गरी खुला महिला प्रतियोगिता तर्फको ७५ हजार १ सय ११ रुपैया धनराशीको प्रतियोगिता आयोजना गरिने बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष शेरसिंह मालले बताउनु भयो । प्रतियाेगिता यही माघ १२ देखि १५ गते सम्म स‌चालन हुने जनाइएकाे छ । 

खुला पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार १ सय ११ रुपैया, प्रमाण पत्र र ट्रफी, द्घितिय हुनेलाई १ लाख १ सय १ सय ११ रुपैया प्रमाण पत्र र ट्रफी र तृतिय हुनेलाई ५१ हजार १ सय ५१ रुपैया नगद प्रमाण पत्र र ट्रफी उपलब्ध गराईने बिद्यालयले जनाएको छ । 

खुला महिला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमलाई ७५ हजार १ सय ११ रुपैया प्रमाण पत्र र ट्रफी, द्धितिया हुनेलाई ५१ हजार १ सय ११ रुपैया प्रमाण पत्र र ट्रफी र तृतिय हुनेलाई २५ हजार १ सय ११ रुपैया प्रमाण पत्र र ट्रफी उपलब्ध गराईने छ । 
बिद्यालय बार्षिक उत्सवको अवसरमा रहेक बर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update