Paschim Express
सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले पठायो ८२ जनाको नाम (नामसहित)

डडेल्धुरा । सरकारले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । यसैगरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । 
सोही निर्वाचनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ ।

जिल्ला तहबाट सिफारिस भई आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।
उनीहरुको रिक्त हुने स्थानमा पदपूर्तिको लागि नेपाली कांग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस गरेको हो । सिफासिस भएको नामावली अनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट १६ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश समितिले जिल्ला तहले पठाएको सिफारिसमा कुनै हेरफेर नगरेर केन्द्रमा पठाएपछि आकांक्षीहरुको दौडधुप बढेको छ । उनीहरु शिर्ष नेताहरुसँग लविंग बढाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update