Paschim Express
विद्युत प्राधिकरणको सञ्चालक समितिमा डडेल्धुराका  ऐर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् ।

प्राधिकरणको अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार (पुस १६ गते) बसेको बोर्डको बैठकले सञ्चालक सदस्यको रिक्त पदमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरेको हो । विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैर–सरकारी व्यक्तिहरूमध्येबाट ऐरलाई नियुक्त गरिएको जनाइएको छ ।

सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update