Paschim Express
डडेल्धुरामा एकजना मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको अमरगढी नगरपालिका– ८ मा बैतडीको दशरथ चन्द नगरपालिका–३ का ३५ वर्षीय नरेश नाथ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा  प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update