Paschim Express
डडेल्धुराको स्याउलेबाट लागुऔषधसहित दुईजना पक्राउ 

डडेल्धुरा । डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन् ।

अमरगढी नगरपालिका–१ स्याउलेबाट लागुऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित उनीहरुलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update