Paschim Express
डडेल्धुराकी क्यान्सर पीडितलाई मल्लले गरे ६० हजार सहयोग, थप २१ हजार पनि हस्तान्तरण

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ कि क्यान्सर पीडित जानकी कैनीलाई आर्थिक सहयोग गरिएको छ ।

जापानमा रहेका युवा समाजसेवी विनयप्रकाश मल्लले ६० हजार क्यान्सर पीडित जानकीलाई सहयोग गरेका हुन् । युवा समाजसेवी मल्ल विगत लामोसमयदेखि सामाजिक कार्यमा सक्रिय छन् ।

यस्तै जानकीलाई थप २१ हजार बढी रकम पनि हस्तान्तरण गरिएको छ । खलंगा समाज र केही व्यक्तिले २१ हजार ४१० रुपैयाँ सहयोग गरेका हुन् ।

मल्लले पठाएको ६० हजार र अन्य गरी गरि ८१ हजार ४१० रुपैयाँ अमरगढी वडा नम्बर ७ की वडा सचीब शारदा ओझामार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update