Paschim Express
पिएम कप क्रिकेट : बैतडी र कैलाली भिड्दै

कैलाली  । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे आजकाे खेलमा बैतडी र कैलाली भिड्दैछन् । 

फाप्ला मैदानमा कैलालीले टस जितेर पहिला ब्याटिङ गरिरहेकाे छ। बिहान ९ बजेदेखि शुरू हुने  भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएकाे छ । 

लगातार तेस्रो जित हात पारेकाे बैतडी आजकाे खेल जित्दै फाइनलमा सुरक्षित हुन चाहन्छ। यसअघि खेलेका  तीनमध्ये दुई खेलमात्रै जितेकाले कैलालीलाई फाइनल पुग्न आजकाे खेल जित्नै पर्ने दबाव छ। यद्यपि आजकाे खेल बैतडीले जितेमा कञ्चनपुर फाइनलमा पुग्नेछ।कञ्चनपुरले चारमध्ये तीन खेल जितेकाे छ। 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको  छनाैट  प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update