Paschim Express
अजयमेरुको राजुलमा प्रहरी पोष्ट स्थापना

डडेल्धुरा ।  डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नम्बर ६ राजुलमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । आज(आइतबार)एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले प्रहरी पोष्टको उद्घाटन गरेकी छिन् । 

कार्यक्रममा बोल्दै प्रमुख अथितिसमेत रहेकी खड्काले  नागरिकको सुरक्षाको जिम्मेवारी सबैको भएको बताउँदै स्थापना भएको प्रहरी पोष्टले जनतालाई सुरक्षाको अनुभति गराउने बताइन् ।

यस्तै वडाअध्यक्ष हरिसिंह भण्डारीले  नागरिकसँग गरेका प्रतिबद्धता अनुरुप प्रहरी पोष्ट स्थापना भएको बताए । डडेल्धुराका प्रहरी प्रमुख डिएसपी दिपक कुमार कार्कीले प्रहरीसँग जनताले सहकार्य गर्न सके विभिन्न समस्या समाधान हुने बताए । 

राजुलमा स्थापना भएको प्रहरी पेष्टमा सात जनाको टोली खटिने छ । 

a236c1d2-7391-4ff3-9a22-f19f4a962912-1704623318.jpg

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update