Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले डडेल्धुराका आगलागी पीडितलाई भेटे

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले डडेल्धुराका आगलागी पीडितलाई भेटेका छन् । मुख्यमन्त्री शाहले उक्त आगलागीमा भएको क्षतिबारे जानकारी लिंदै पीडितहरुलाई क्षतिपुर्ति तत्काल दिनका लागि पहल गर्ने बताए ।

 

उनले बीमा कम्पनीसंग छलफल गर्ने र डडेल्धुराका प्रमुख जिल्ला अधिकारीसंग पनि समन्वय गर्ने बताए । मुख्यमन्त्री शाहसंगै प्रदेशसभा सदस्य बिक्रम धामी, सरस्वती खड्का लगायतको उपस्थिति पनि थियो ।

 

डडेल्धुरामा गत मंसिर ३० गते राति भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीको ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट हुनुका साथै घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update