Paschim Express
डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका- ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको मृत्यु भएको हो ।


शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेपछि  उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update