Paschim Express
सुदूरपश्चिम प्रदेशसभाका सभापतिको चुनाव पुस २५ गते

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पुस २५ गते हुनेभएको छ । प्रदेश सभाले आइतबार जरुरी सूचना प्रकाशित गरेर सभापतिले निर्वाचनको जानकारी गराएको हो ।

आइतबार प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जारी गरेको सूचना अनुसार पुस २४ गते सभापतिका उम्मेदवारको मनोनयन र २५ गते निर्वाचन हुने भएको छ ।

यसअघि असोज १२ गते हुने भनिएको सभापतिको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरेर चार वटा संसदीय समिति रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभा ५३ जनाको हुने भए पनि बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना परेर मृत्यु भएकाले अब प्रदेश सभामा ५२ सदस्य रहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update