Paschim Express
सुदूरपश्चिममा कुन दलबाट कसले गर्दैछन् राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता ?

डडेल्धुरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
सुदूरपश्चिम प्रदेशबाट नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गर्ने भएका हुन् । सत्ता गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट खुल्लाबाट कञ्चनपुरका पूर्वजिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली काङ्ग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट्ले नाम दर्ता गराउने भएका छन् । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।
प्रदेशमा गठबन्धनका कारण महिलातर्फमा नेकपा माओवादीकी रेणु चन्दले उम्मेदवारी दर्ता गर्ने छिन् । यस्तै नेकपा एमालेतर्फबाट सुदूरपश्चिम प्रदेशमा महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता/अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिने भएका छन् ।
राप्रपाबाट सुदूरपश्चिममा रोमजंग स्वार, जनककुमारी कुँवर र जय कृष्ण बोहरा तथा सुमेश्वर उपाध्याय र तारा सुनारको नाम टुंगो लागेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update