Paschim Express
सुदूरपश्चिममा सत्ता गठबन्धनका बोहरा, भट्ट र चन्दले गराए मनोनयन दर्ता

डडेल्धुरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका बलबहादुर बोहरा, नारायणदत्त भट्ट र माओवादी केन्द्रबाट बैतडीकी रेणु चन्दले मनोनयन दर्ता गराएका हुन् ।​ कांग्रेसका बोहरा कञ्चनपुर र भट्ट कैलालीका हुन् ।

आगामी फागुनमा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ। सुदूरपश्चिम प्रदेशमा माओवादीले एक सिट गुमाउने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update