Paschim Express
सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर (कैलाली) ले मनोनयन दर्ता गराएका हुन् ।

आगामी फागुनमा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ। सुदूरपश्चिम प्रदेशमा माओवादीले एक सिट गुमाउने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update