Paschim Express
परशुराम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी नमुनालाई

डडेल्धुरा । परशुराम नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुवनेश्वरी नमुना मावि परिगाउँले जितेको छ । प्रतियोगितामा भुवनेश्वरीले २१ स्वर्ण, १० रजत र ६ कास्य गरी कूल ३७ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । 

उपाधिसँगै उक्त विद्यालयले शिल्ड र प्रमाणपत्र पनि पाएको छ । परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले नमुनाका प्रधानाध्यापक डम्बरसिंह थ्वाललाई शिल्ड हस्तान्तरण गरे ।

परशुराम नगरपालिका वडा नम्बर १२ स्थित परशुराम रंङ्ग मैदानमा भएको प्रतियोगितामा शिद्वनाथ मावि जयपुर द्वितीय भएको छ । उत्तः विद्यालयले १३ स्वर्ण, ५ रजत र ६ कास्य गरी कूल २४ पदक जितेको छ । भागेश्वर मावि कटालले तेस्रो स्थान हात पारेको छ । उसले ८ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १७ पदक जितेको हो । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update