Paschim Express
आलिताल गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दुर्गा माविलाई

डडेल्धुरा  । दुर्गा माविले आलिताल गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै दुर्गा माविले उपाधि जितेको हो ।

दुर्गा माविले २६ स्वर्ण, १३ रजत र ८ कास्य गरी कूल ४८ पदक प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले दुर्गा माविलाई शिल्ड हस्तान्तरण गरे ।

यस्तै कृष्णकालिका मावि द्वितीय भएको छ । उसले ८ स्वर्ण, ८ रजत र १४ कास्य गरी कूल ३० पदक जित्यो । प्रतियोगितामा तृतीय भएको महादेव माविले ५ स्वर्ण, ७ रजत र ८ कास्य गरी ३० पदक हात पारेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update