Paschim Express
सुदूरपश्चिमका चार संसदीय समितिका सभापति निर्विरोध, सभामुखले गराए शपथ ग्रहण

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।

प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीकी माया पन्त छन् ।

निर्वाचित सभापतिहरूमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी ) का प्रदेशसभा सदस्य हुन् ।

नेकपा (माओवादी केन्द्र) ले भने प्रदेशसभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update