Paschim Express
फार वेष्टर्न एग्रो जाइन्टको सञ्चालक समितिको अध्यक्षमा ऐर

डडेल्धुरा । फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा धर्मसिंह ऐर चयन भएका छन् । 

आज (बुधबार) भएको लिमिटेडको चाैथो वार्षिक साधारण सभाबाट ऐर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

सञ्चालक समितिको सदस्यमा दिलबहादुर सिंह, कर्णसिंह साउँद, बिष्णुराज भट्ट, प्रकाशदत्त भट्ट, सकुन्तला नगरकोटी र उत्तरसिंह बिष्ट चयन भएका छन् ।

फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेड अर्थात् भटमास उद्योग ७ सय ७७ जना शेयर सदस्य रहेको र एक हजार बढी भटमास कृषक मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो । 

 यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको  छ । 

कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल लगायतका उत्पादन हुने कम्पनीले जनाएको छ ।

उद्योग डडेल्धुराको अमरगढी नगरपालिका-१ मा ३० रोपनी जमिनमा स्थापना गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update