Paschim Express
अजयमेरु–६ मा ‘गाउँघर डाक्टर कार्यक्रम’, एकैदिन १५० जनाले लिए सेवा 

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–६ मा गाउँघर डाक्टर कार्यक्रम सञ्चालन भइरहेको छ । वडा कार्यालयको आयोजनमा महिलाको एकपल्ट सञ्चालन हुने कार्यक्रममा हिजो(बुधबार) १५० जनाले सेवा लिएको वडाध्यक्ष हरि सिंह भण्डारीले जानकारी दिए । 

राजुलमा सञ्चालन भएको उक्त कार्यक्रममार्फत ४४ जनाले भिडियो एक्स रे सेवासमेत लिएका थिए । 
जसमध्ये पित्तथैलीको समस्या भएका एक जना, मृगौलाको पत्थरी भएका ५ जना, गर्भवती चेकजाँच १२ जना, पाठेघर सम्बन्धी जाँच ५ जना र अन्य २१ जना रहेका छन् । 

यस्तै बाँकी १०६ जनाले सामान्य ओपीडी सेवा लिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । 

415573865_383123987570337_749560538927633459_n-1704957220.jpg

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update