Paschim Express
सुदूरपश्चिममा हुने लगानी सम्मेलनका लागि ५६ परियोजनाको प्रारम्भिक सूची तयार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको तयारीलाई तीव्रता दिएको छ । सम्मेलन फागुन २३ र २४ गते धनगढीमा हुने तय भएको छ । 

मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्तासहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ । यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजना सूचीहरू तयार पारेको छ । सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारले प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको बताउँदै समितिले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update