Paschim Express
बैतडीमा टिप्पर दुर्घटना, सहचालकको मृत्यु

बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल छन् । रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

मेलौलीबाट पाटनतर्फ गइरहेको सुप्रप ०१ ००१क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा परेको हो ।

दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन् । चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update