Paschim Express
गन्यापधुराका जनप्रतिनिधिले गरे शिखरमा सरसफाई

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका जनप्रतिनिधिले प्रसिद्ध धार्मीकस्थल शिखरमा सरसफाई गरेका छन् । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको नेतृत्वमा सरसफाई गरिएको हो । वडा नम्बर २ का अध्यक्ष मनोज देउवा, वडा नम्बर ३ का अध्यक्ष चक्रबहादुर देउवा र वडा नम्बर ५ का अध्यक्ष चन्द्रप्रसाद रोस्याराको सहभागितामा सरसफाई गरिएको गाउँपालिकाले जनाएको छ । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वन क्षेत्रमा रहेको प्रसिद्ध लाटागन्यापको ‘शिखरमा १० गते राति मेला लागेको थियो । मेलामा शिखर क्षेत्रमा फोहोर फालिएपछि सरसफाई गरिएको हो । शिखर जाँत प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ ।

शिखरको जाँत ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ । शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन् । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update