Paschim Express
दार्चुलामा बस दुर्घटना, १४ जना घाइते

दार्चुला । दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागी छुटेको महाकाली यातायातको दिवा बस दुर्घटनामा परेकाे छ । आज बिहानै महाकाली नगरपालिका-५ किम्तडीस्थित फोहोर संकलन केन्द्र नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

 घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाृ प्रहरीले जनाएकाे छ ।  प्रहरीका अनुसार खलंगाबाट बिहान ५ः३० बजे महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस दुर्घटना भएको थियो । 

घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । चालकसमेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update