Paschim Express
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

तर पहिलो र दोस्रो अधिवेशन कामै नपाएर टुंग्याएको प्रदेश सभामा तेस्रो अधिवेशन सुरु हुने बेलासम्म पनि कुनै बिजिनेस छैन । ‘सरकारले अहिलेसम्म एउटा पनि विधेयक पठाएको छैन,’ सभामुख भीमबहादुर भण्डारीले भने, ‘बैठक आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र पढ्ने मात्रै काम होला जस्तो छ ।’

अन्य काम नभएकाले बैठकमा प्रमुख दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची राखिएको छ । प्रदेश सभा सदस्यहरुले सरकारले बिजिनेस नदिएको भन्दै सुरुदेखि नै आलोचना गर्दै आएका छन् । तर सरकारले नटेरेको भन्दै अधिकांश सांसदहरू रुष्ट छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update