Paschim Express
५ बुँदे माग राख्दै डडेल्धुरा प्रशासन पुग्यो नेविसंघ, तत्काल सम्बोधन गर्न आग्रह

डडेल्धुरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले पाँच बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो । 

लामो रुटमा चल्ने सार्वजनिक सवारीका साधनमा विद्यार्थीलाई छुटको व्यवस्था गरिनुपर्ने, महिला, बृद्ध तथा अपाङगता भएका व्यक्तिका लागि छुट्टै सिटको व्यवस्था गरिनुपर्ने, ट्राफिक नियमको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने, डडेल्धुरा–धनगढी रुटमा चल्ने बिजुलीका सवारी साधनको निश्चित भाडादर कामय गर्नुपर्ने र डडेल्धुरा जिल्ला सदरमुकाममा व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष ऐरले बताए । 

‘पाँच वटै माग तत्काल कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सर्वपक्षिय बैठक बोलाउन पनि आग्रह गरेका छौं,’ अध्यक्ष ऐरले भने । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले नेपाल विद्यार्थी संघले राखेका माग सम्बोधन गर्न तत्काल प्रक्रिया अगाडि बढाउने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update