Paschim Express
नवदुर्गा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा डडेल्धुराको नवदुर्गा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुवनेश्वरी मावि बेडुपानीमा सुरु भएको हो ।

६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नवदुर्गा गाउँपालिकामा रहेका सात वटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । एथ्लेटिक्स, भलिबल, कबड्डीका १६ विधाका खेलहरु खेलाइने गाउँपालिकास्तरीय युवा तथा खेलकुद समिति संयोजक एवं वडा नम्बर २ का वडा अध्यक्ष दिलबहादुर विष्टले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष निर्मला बोगटी थिइन ।

कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा शिक्षक र विद्यार्थीको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी करूणाकर भट्टले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update