Paschim Express
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अर्थात् हिउँदे अधिवेशन सुरु भएको छ । बर्खे अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो । प्रदेश सभाको बर्खे अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो ।

सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update