Paschim Express
सशस्त्र प्रहरी दिवसको अवसरमा डडेल्धुरामा रक्तदान 

डडेल्धुरा । डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन् ।

आज २३ औं सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक  वीरेन्द्रबहादुर पालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update