Paschim Express
डडेल्धुरामा मनाइयो कृषि जैविक विविधता दिवस

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। आइतबार जिल्लामा एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको हो ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख खेमराज पनेरुका अनुसार ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । 
दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी कृषि जैविक विविधताका बारेमा किसान तथा सरोकारवालाहरूलाई जानकारी गराइएको पनेरुले बताए । निमित्त कार्यालय प्रमुख पनेरुले पछिल्लो समय जलवायु परिवर्तनका कारण किसन समस्यामा परेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले जैविक विविधताको संरक्षण गर्न जरुरी रहेको बताए ।
 यस्तै प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जमिन बाँझो रहँदै गएको र उत्पादन घट्दै गएको बताउदै नागरिकहरूले परम्परागत खानेकुरा खान छाडेकोले विषादी वा औषधिजन्य तरकारी खाइरहेको बताए । रैथाने जातका बालीनालीको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update