Paschim Express
सशस्त्र प्रहरीद्वारा डडेल्धुराको बालगृहमा खाद्यान्न र कपडा सहयोग 

डडेल्धुरा । सशस्त्र प्रहरीले डडेल्धुराको बेदस्था बालगृहमा खाद्यान्न र कपडा सहयोग गरेको छ । सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराले आश्रमका ७ जना बालकलाई उक्त सहयोग गरेको हो । 

दिवसको अवसरमा अनाथ बालकलाई सहयोग गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर पालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update