Paschim Express
डडेल्धुराका आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सांसद खड्काको माग

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले डडेल्धुरा सदरमुकामका आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेकी छिन् ।

गत मंसिर ३० गते डडेल्धुरा सदरमुकाममा आगलागी भएको सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा जानकारी दिँदै सांसद खड्काले आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेकी हुन् । 

डडेल्धुरामा गत मंसिर ३० गते राति भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भई सुरु भएको आगलागीबाट शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा षति पुगेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update